जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले दोस्रा चरणको आन्दोलन घोषणा गरेको छ । भ्रष्टाचार तथा दमनविरूद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेको डा। राउतले बताएका हुन् ।
आन्दोलन अन्तर्गत दिपावली तथा छठ पर्वलाई लक्षित कार्यक्रम घोषणा गरेको छ । कार्तिक १७ मा टोल टोलमा सरसफाई गर्ने, कार्तिक १८ देखि २६ गतेसम्म डा। सके राउतको जिवनी प्रदर्शन गर्ने र छठ घातमा पर्व अगाडी र पछि सरसफाई गर्ने लगायतका कार्यक्रम घोषणा गरिएको छ ।
सशक्त तेस्रो चरणको आन्दोलनको घोषणा छठ पर्व पश्चात् मंसीर ५ गते गर्ने डा। राउतले बताएका छन् । जनकपुरमा भ्रष्टाचार आरोपमा संघीय खानेपानी तथा ढल निकास आयोजना प्रमुख राजेश्वर कुशवाहालाई जनकारबाही गर्दा पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाई र केन्द्रीय सचिवालय तोडफोड गर्ने इन्जिनियरहरुलाई कारबाहीको माग गर्दै जनमत पार्टी चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *