जनकपुरधाम । जनमत पार्टीले सबै गाउँरशहरका माटो संकलन गरेर मधेस एकता उद्यान निर्माण गर्ने भएको छ । मंसिर ५ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले मधेस एकता उद्यान निर्माण गर्ने निर्णय गरेको हो ।
उद्यान निर्माणका लागि जनमत पार्टीले मंसिर १० गते राष्ट्रिय अध्यक्ष डा। सीके राउतको नेतृत्वमा मेचीदेखि महाकालीसम्मको जनमत माटो यात्रा सुरु गर्नेछ । यो यात्राको लक्ष्य हरेक गाउँपालिकारनगरपालिकाका पुगेर पवित्र माटो संकलन गर्ने र अन्त्यमा सबै माटो मिलाए उद्यान निर्माण गर्ने रहेको सो पार्टीले जनाएको छ । यस्तै भ्रष्टाचारविरुद्ध विगत २८ दिनदेखि जारी आन्दोलनको समिक्षा पश्चात सो पार्टीले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । सो अन्तर्गत छुटेका वडाहरुमा यूवा दस्ता गठन गर्ने, मंसिर १० मा रंगभेदविरुद्ध एकता दिवसको अवसरमा र्याली निकाल्ने, यूवा दस्ताहरुको पुनः प्रशिक्षण र परिचालन गरी परीक्षण गर्ने कार्यक्रम तय गरिएको छ

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *