चितवनमा ट्याक्टर दुर्घटना हुदा पाँच जानको मृत्यु भएको हो । गएराती राप्ती नगरपालिका वडा नं. ११ आमपानीको चिउडे खोलामा ना १ त ६२८२ नम्बरको ट्याक्टर पल्टदा पाँच जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो । साँझ ७ः३० बजे पहाडी क्षेत्र थाकलटारबाट चिउडेखोला तर्फआई रहेको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिनुभयो । ट्याक्टरमा करिब २५ जना सवार भएको र त्यस मध्य पाँच जना को मृत्यु भएको प्रहरीले जानकारी दिएको हो । अन्य २२ जना यात्ररु घाइते भएका छन् । घाइते मध्य केहीको अवस्था गम्भिर हरेको प्रहरीले जानकारी दिएको हो । मृत्यु हुने र घाइतेहरुको परिचय खुल्न सकेको छैन । घाइतेहरुको भरतपुर अस्पताल, कलेज अझ मेडिकल साइन्सेस र चितवन मेडिकल कलेजमा उपचार भइराखेको छ

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *