जापानमा जारी टोकियो ओलम्पिकमा बुधबार नेपालका पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्नुहुने भएको हो । गौरिकाले महिलाको १ सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नुहुनेछ गौरिकाको खेल नेपाली समय अनुसारे ३ः४५ बजे सुरु हुनेहो । प्रतिस्पर्धा अन्र्तगत गौरिका हिट १ मा रहनुभएको हो भने यस हिटमा ४ खेलाडी छन् । टोकियो ओलम्पिकमा पौडीबाट नेपालका दुई खेलाडी सहभागी हुनुहुन्छ । अर्का खेलाडी एलेक्जेन्डर शाह भने मंगलबार नै प्रतिस्पर्धा गरिसक्नुभएको हो । एक सय मिटर फ्रिस्टाइल ५३ दशमलव ४१ सेकेन्डमा पुरा गरेर राष्ट्रिय कीर्तिमान कायम गरेपनि उहाँ ओलम्पिकमा भने हिट चरणबाट बाहिरीनुभएको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *