सेन्ट्रल नेपाल भेटेरिनरी एशोसिएसनले देशभरीका पशुपालक कृषक, सहचर पशुपालक र जनस्वास्थ्यसँग सरोकार राख्नेहरुको सेवाको लागि भेट टेलिपरामर्श सेवा सञ्चालनमा ल्याएको छ । एशोसियशनले विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण रोक्नका लागि सरकारले लकडाउन घोषणा गरेको परिस्थितिमा पशुपालकहरुलाई परेको पीरमर्का सम्बोधन गर्न र प्रभावित समुदायलाई सहयोग पुर्याउन लकडाउन अवधिभरका लागि भेटेनरी टेलिपरामर्श सेवा सञ्चालनमा ल्याएको नेपाल भेटेरिनरी एसोसिएसन प्रदेश २ का सदस्य डा.सुमन कुमार सिंहले जानकारी दिएका छन । किसानहरुको मार्कालाई मध्यनजर गर्दै पशुपालक किसान हरुको समस्यामा सदैब नेपाल भेटेरिनरी एसोसिएसन साथ रहने अध्यक्ष डा.शितलकाजी श्रेष्ठ ले प्रतिबद्धता जनाएका छन । प्रदेश न. २ मा निम्न पशु चिकित्सक लाई सम्पर्क गरि टेलिपरामर्श लिन सकिनेछ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *