नेपाल टेलिकमको सेवा नुवाकोट र रसुवामा दुई दिनदेखि अवरुद्ध भएको हो । टेलिकमले सन्चालन गरेका मोवाइल तथा ल्याण्डलाइन फोनमा आइतवार मध्यान्हदेखि सेवा समस्या हुदै आएको हो । टेलिकम नुवाकोटले अप्टिकल फाइवर जोड्ने काम भइरहेको जनाएको हो । विषेशगरी नुवाकोट र रसुवामा सन्चालित नेपाल टेलिकमको नेटवर्कमा समस्या आएसँगै दुई जिल्लाका लाखौं सर्वसाधारण मर्कामा परेका छन् । गत आईतबार मध्यान्हदेखि नेपाल टेलिकमका ल्याण्डलाइन, प्रिपेड तथा पोस्टपेड मोबाइलको नेटवर्कमा समस्या उत्पन्न भएपछि कोरोना महामारीको समयमा यस क्षेत्रका सर्वसाधारण सञ्चार सम्पर्क गर्नबाट वञ्चित भएका छन

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *