झुठो विवरण पेश गरी नागरिकता बनाएको आरोपमा एक युवतीसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत घर भई हाल पर्साको बहुदरमाई नगरपालिका २ बस्ने २८ वर्षीय कविता कुमारी भनिने सीता पटेल र नागरिकता बनाउँदा नक्कली बुवा बनेर सनाखत गर्ने बहुदरमाई नगरपालिका २ बस्ने ५१ वर्षीय धुरुप प्रसाद पटेल रहेका छन् । पक्राउ परेकी भारतीय नागरिक सीता पटेलले कविता कुमारीको नामबाट जिल्ला प्रशासन कार्यालय पर्साबाट झुट्टा विवरण पेश गरी नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रहरीले जनाएको छ । प्राप्त सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका १३ श्रीपुरबाट पटेललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय पर्साबाट २०७० पुस ११ गते जारी भएको ना। प्र। नं। ३४–०१–७०–१०३५२ को नेपाली नागरिकता उनको साथबाट जफत गरिएको पनि प्रहरीले जनाएको छ । उक्त नागरिकता बनाउन बुवा बनेर सनाखत गरेको आरोपमा धुरुपलाई पनि सोही स्थानबाट नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए । पक्राउ परेका दुवैजनालाई नागरिकता सम्बन्धी कसूरमा सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको खनालले बताए ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *