जनकपुरधाम, साउन २७ गते ।
सप्तरीकी ज्योती पासवान आत्महत्या प्रकरणमा उनका प्रेमी कृष्ण मिश्र विरुद्ध किटानी जाहेरी दर्ता भएको छ ।
सप्तरीको सुरुंगा नगरपालिका ७ पोखरियाकी ज्योतीका प्रेमी स्थानीय अखिलेश मिश्रका छोरा २५ वर्षीय कृष्ण मिश्रविरुद्ध मंगलबार किटानी जाहेरी दर्ता भएको हो ।
ज्योतिका बुबा प्रमोदले इलाका प्रहरी कार्यालय कडरबोनामा मंगलबार प्रेमी कृष्ण विरुद्ध आत्महत्या दुरुत्साहन ज्यान सम्बन्धी शीर्षकमा जाहेरी दिएका हुन् । उनको जाहेरी दर्ता भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
ज्योतीका बुबा प्रमोदले दिएको जाहेरीमा कृष्णले ललाइफकाइ छोरीलाई घरबाट लिएर गइ यौन शोषण गरी छाडेपछि छोरीले आत्महत्या गर्न बाध्य भएको उल्लेख छ । । जाहेरीमा कृष्णलाई मुलुकी अपराध संहिता २०७४ को दफा १८५ को उप दफा २ नम्बर बमोजिम दण्ड सजाय गरी क्षतिपुर्ति दिलाइदिन माग गरिएको छ ।
संगै बाँच्ने मर्ने कसम खाएर ज्योतीलाई गएको फागुन १० गते भगाएर जनकपुरको एक मन्दिरमा अन्तरजातीय प्रेम विवाह गरेका कृष्ण चार महिनासंगै बसेर जेठ ३० गते लाहानको पुष्पाञ्जली लाजमा ज्योतीलाई अलपत्र छाडेर भागेका थिए ।
आमाबुबासंगसंगै बस्दै आएकी ज्योती प्रेमीको विछोडले डिप्रेसनमा गइ साउन २३ गते आफ्नै घरको भान्छाकोठामा पासो लागेर आत्महत्या गरेकी थिइन् ।
कथित उच्च जातका कृष्ण ज्योतीलाई प्रेम जालमा पारेर चारमहिना यौन शोषण गरी तल्लो जात भनेर छाडेर भागेको कारण डिप्रेशनमै गएर आत्महत्या गरेको परिवारजन तथा दलित अगुवाहरुको भनाइ छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *