
जेसीज जनकपुरको आयोजनामा blood donate save life नाराका साथ शनिवार रक्तदान गरिएको छ ।जनकपुर जेसीज वर्ष २०२० का अध्यक्ष जेसी गौतम साहको अध्यक्ष्ाता तथा कार्यक्रमका प्रमुख अतिथि राजपा नेपाल धनुषाका जिल्ला अध्यक्ष एवं जनकपुर प्रादेशिक अस्पतालको सभापती संजय सिंहले पा्रदेशिक अस्पतालमा इस्थित नेपाल रेडक्रस मा रगत को निकै अभाव रहेको परिपेकक्षमा संस्थागत प्रयास गर्नु सराहनीय रहेको बताउदै । उनले रक्तदान जीवन दान गर्नु हो भन्दै प्रत्येक तीन तीनमहिनामा रक्तदान गरि स्वास्थ समाज निर्माणमा युवाहरु लाई योगदान दिन आग्रह गरेका छन् । जनकपुर जेसीज सन १९७६ मा स्थापित भए देखि नै यस क्षेत्रका युवाहरुको नेतृत्व विकास, व्यक्तित्व विकास, उद्यमशिलताको विकास र समुदायमा हस्तान्तरित विभिन्न कार्यक्रमहरुको आयोजना गरी मानवताको विकास सँग सँगै समाजमा सक्रिय नागरिकको भूमिका निर्वाह गर्न जेसीआईको ध्येय र लक्ष्य प्राप्तिका लागि जेसीजको आधार स्तम्भ जेसीज आस्थालाई आफ्नो अनुशासन बनाइ “कि मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो” भन्ने आस्थालाई निस्वार्थ भावनाले सेवा गर्ने उदेश्यले बृहत रक्तदान कार्यक्रमको आयोजना जनकपुरधाम जनक चौकमा गरिएका छन् । बृहत रक्तदान कार्यक्रममा जनकपुरधाम नगर क्षेत्रको साधारण व्यक्ति देखी बिभिन्न संघ संस्थाका प्रतिनिधित्व गर्ने विशिष्ट व्यक्तिहरुको उल्लेखिय सहभागिताका साथ ८७ पिन्ट रगत रक्तदान गरियो । यस कार्यक्रमका संयोजक जेसी नितेश जयसवाल रहेका थिए ।