जनकपुरधाम : बृहत्तर जनकपुर क्षेत्र विकास परिषदले जानकी मन्दिरमा गरेको विद्युतीकरणमा भएको भारी आर्थिक अनियमितताको छानविन गर्न प्रदेश सरकारले उच्चस्तरीय छानविन समिति गठन गरेको छ ।
मुख्यमन्त्री लालबाबु राउतको निर्देशनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका कानुन सचिवको संयोजकत्वमा भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव र प्रदेश लेखा प्रमुख सदस्य रहेको तीन सदस्यीय छानविन समिति विहिबार गठन गरिएको छ । छानबिन समितिले जानकी मन्दिरमा विद्युतीकरणको लागि कसले कुन निकाय मार्फत बजेट माग गरेको, बजेटको स्वीकृती र कार्यक्रम कहिले तयार भएको, प्राबिधिक प्रतिवेदन कसले दिएको, त्यसका लागि बजेट कहाँबाट आएको, टेण्डर प्रकृया कसरी बढाइएको ,त्यसमा उल्लेखित स्पेसिफिकेशन(मापदण्ड) विशेष प्रकारको रहेको, बजेट माग भए अनुसारको कार्यक्रम किन नगरिएको, कतिवटा टेण्डर परेको, र त्यस मध्ये रितपूर्वकको कतिवटा रहेको, ठेकदारले पेश गरेको दरभाउ अनुसारको समान कुन मुलुकबाट अयात गरिएको, त्यसको परिणाम कति रहेको र भन्सार महसुल कति तिरिएको लगायतको छानविन हुने जनाएको छ । समितिले प्रारम्भिक प्रकृयादेखि नै छानविनगरि भुक्तानी गरिएको प्रकृया सम्मको छानविन गर्ने बताइएको छ । बृहत्तरले साढे ४ सय चिम जानकी मन्दिरमा जडान भएको दावी गरेको छ । त्यस अतिरिक्त ७४ थान विभिन्न किसिमका स्पिकर लगायत दर्जनौ काम गरेको दावी गरेको छ ।तर स्थलगतमा उसको दावी अनुसारको काम भएको देखिदैन् । जानकी मन्दिरको मुल संरचनामा नकारात्मक प्रभावपार्नेगरि भएको विद्युतीकरणका लागि जानकी मन्दिरले माग गरेको देखिदैन् । जानकी मन्दिरले विद्युतीकरण गर्न स्वीकृतीपनि प्रदान गरेको छैन् । मन्दिरमा कुन निकायले कुन मनशायबाट विद्युतीकरण गरेको होेस्तामा आगो बालेर जलाएको आरोपमा झण्डै एक दशक निलम्बनमा परेकी थिइन् ।
जानकी मन्दिरको विद्युतीकरण र सोलार जडानमा भएको अनियमितता लुकाउन फेरी कागजातहरुमा आगजनी हुन सक्ने आशंका कर्मचारीहरुले गरेका छन् ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *