प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली जनता समाजवादी पार्टी (जसपा)को समर्थनमा वैकल्पिक सरकारमा नियुक्त हुने रणनीतिमा लाग्नुभएको हो । त्यसैको अभ्यासस्वरुप प्रधानमन्त्री निवास बालुवाटारमा बिहिवार उहाँले जसपाका अध्यक्ष महन्थ ठाकुरसँग करिब दुई घण्टा छलफल गर्नुभएको हो ।

गएराति नै प्रधानमन्त्री ओली र अध्यक्ष ठाकुर राष्ट्रपति कार्यालयमा पनि पुग्नुभएको थिए । एमालेका १ सय २१ र जसपाका २० जना सांसदसहित बैकल्पिक सरकार बनाउने प्रधानमन्त्री ओलीको तयारी रहेको एमालेका एक नेताले बताए । २७ वैशाखमा विश्वासको मत लिन नसकेपछि ३० वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई अल्पमतको सरकारको प्रधानमन्त्री नियुक्त गर्नुभएको थिए। अल्पमतको सरकारको प्रधानमन्त्रीले ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने भए पनि त्यसो नगरिएको भन्दै उहाँको आलोचना भइरहेको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *