धनुषाको जमुनी कटहा नहर सफल सञ्चालनबाट स्थानीय जनता खुसी भएका छन् । करिब रु ३९ करोडको लागतमा १२ वर्ष अवधि लगाएर निर्माण गरिएको सो नहर ९ किमी लामो रहेको छ भने यसबाट जनकपुरधाम उपमहानगरपालिका , नगराईन नगरपालिका , धनौजी गाउंपालिका , औरही गाउंपालिका क्षेत्रमा करिब दुई हजार हेक्टर जग्गा सिँचाइ हुने भएको छ । करिब सबै बालीलाई उपयुक्त ढङ्गले सिँचाइ सुविधा पुग्ने सो नहरमा नियमित पानी आउने कारणले यस क्षेत्रका किसानमा छिट्टै आर्थिक परिवर्तन आउने र किसान समृद्ध हुने विश्वास जागेको जमुनी कटहा सिचाई आयोजना बहुअर्वा धनुषा समितिका अध्यक्ष प्रवेश चौधरीले बताएका छन । १२ वर्षदेखि अलपत्र परेको नहर निर्माण कार्यको लागि भाईलका स्थानीयहरुबिच सहमति भएपछि नहरको कार्य करिब सम्पन्न भएको छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *