नेपालमा लगातार दोस्रो दिन निको हुनेको संख्या भन्दा नयाँ सङ्क्रमितको सङ्ख्या बढी देखिएको छन् । लामो समय निको हुनेको संख्या बढी हुँदै आएकोमा सोमबार बाट भने नयाँ सङ्क्रमितको सङ्ख्याले निको हुनेको संख्यालाई उछिन्न थालेको हो । निषेधाज्ञा खुकुलो बनाएसँगै सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । गत २४ घण्टामा २ हजार ६ सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुँदा एक हजार ५ सय ६५ जना सङ्क्रमणमुक्त बनेका छन् । जनस्वास्थ्यका मापदण्ड पालना नभएका कारण सङ्क्रमण बढेको भन्दै सरकारले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न आग्रह गरेको छ । मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले सङ्क्रमण बढ्दै गए फेरि लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभ
यो । अहिलेको अवस्थामा रोग प्रतिरोधात्मक क्षमता बढाउन नसकेमा साथै सङ्क्रमणको चक्र तोड्न नसकेमा फेरी पहिले जस्तो महामारीको सामना गर्नुपर्ने सह–प्रवक्ता अधिकारीले बताउनुभयो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *