राष्ट्रिय जनमोर्चा काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा नजाने भएको छ । तर देउवाको सरकारलाई विश्वासको मत दिने निर्णय भएको जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिनुभए । प्रतिनिधि सभामा जनमोर्चाबाट एक जना मात्रै सांसद छन् । ५ दलीय विपक्षी गठबन्धनमा जनमोर्चा पनि सहभागी थिए । जनमोर्चाका अध्यक्ष केसीले विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, ‘केपी शर्मा ओलीको प्रतिगमन परास्त भइसकेपछि गठन भएको शेरबहादुर देउवा नेतृत्वको सरकारलाई हाम्रो दलले समर्थन गर्दछ । देउवाले संसदबाट लिने विश्वासको मतको पक्षमा समेत मतदान गर्ने निर्णय भएको हो । देउवा नेतृत्वको सरकारलाई समर्थन गर्ने हाम्रो नीति भएता पनि सरकारमा सहभागी नहुने तथा सरकार बाहिर रहेर गुण र दोषको आधारमा सरकारलाई समर्थन वा विरोध गर्ने नीति रहने छ ।’

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *