जनकपुरधाम । जनकपुर, सिरहासहित मधेसका जिल्लालाई कुहिरोले ढाकेको छ । विहानैबाट लागेको कुहिरो र हुस्सुले जनजीवन प्रभावित बनेको हो । बिहीबार हावा चलेकाले आज विहानैबाट अत्यधिक कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिक बदली रही धेरै स्थानमा हुस्सु र कुहिरो लागरिहेको छ । आज दिउँसो देशभर आंशिक बदली रहनेछ ।
गण्डकी प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।विभागका अनुसार आजराति प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । हिमपातको संभावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भू–भाग र बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको विभागको भनाइ छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *