बैशाख १४
मैथिल ब्राह्मण महासभाको केन्द्रिय भेला तथा पाग सम्मेलन शनिवार जनकपुरमा सम्पन्न भएको छ । सामाजिक चेतना , शिक्षा तथा संस्कृतिको संरक्षणमा अग्रणि रहेको मैथिल ब्राह्मण महासभाको आयोजनामा भएको सो पाग सम्मेलनमा २७ जिल्लाका हजारौंको संख्यामा मैथिल तथा मैथिलानीहरु सहभागिता रहेको थियो ।

महासभाका केन्द्रीय अध्यक्ष भगवान झाको अध्यक्षतामा र राजपाका अध्यक्ष मण्डलका सदस्य अनिल झाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य यदुवंश झा विशिष्ठ अतिथि रहेका थिए ।

महासभाले जनकपुरधामको जानकी मन्दिरबाट जुलुश समेत निकालेको छ । जुलुश नगरको रामचोक , जनक चोक , शिव चोक हुंदै नगरको विभिन्न भागको परिक्रमा गर्दै जनकपुर उद्योग वाणिज्य संघ पुगेर सम्पन्न भएको थियो ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *