जनकपुरधाम । प्रहरीले जनकपुरधाम उपमहानगर १२ कुवाँस्थित महादेव मन्दिर नजिकबाट झण्डै २४ लाख रूपैयासहित एक व्यक्तिलाई पक्राउ गरेका छन् । पक्राउ परेका व्यक्ति हुण्डी कारोबारी हुन् । पक्राउ पर्नेमा भारत विहारको मधुबनी जिल्ला ग्राम पञ्चायत हरलाखी हरिने ९ घर भएका १९ वर्षीय अब्दुल समी छन् । उनको साथबाट नेपाली रकम २३ लाख ८९ हजार ४८० रूपैया बरामद भएको छ ।
सोमबार साँझ लोहनाबाट बीआर ३२ एजे ०१७० नम्बरको भारतीय मोटरसाइकलमा जनकपुरधामतर्फ आउन लागेका अब्दुललाई रोकेर चेकजाँच गर्दा स्रोत नखुलेको रकम पाइएपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
पक्राउ परेका अब्दुलको जनकपुरधामकै व्यापारीसँग कनेक्सन हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *