नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धनुषाको जकपुरमा उप महानगरपालिका वडा नम्बर – १७ मा सम्पन्न भएको छ। नेपाली काङ्ग्रेसको वडा नम्बर १७ मा निर्विरोध रुपमा कमिटी चयन भएको छ।नवगठित कमिटीको वडा सभापतिमा बालबोध यादवको नेतृत्वमा ३३ सदस्य नयाँ कर्यसमिती बिस्तार भएको हो । निर्वाचन आयोगले चुनावको समय तोकीदा आफ्नो पार्टीको बर्चस्व कार्यम गर्न गाउँ गाउँमा नयाँ समितिहरु गठन गर्न लगेका छन। केन्द्रका र धनुषाको निर्णय अनुसार कार्तिक ७ गते धनुषा जिल्लाको प्रत्येक वडा अधिबेशन शनिबार गराउनु पर्ने नेपाली काङ्ग्रेसका जिल्ला सभापति महेश शंकर गिरीले बताए।

नवगठित समितीको सभापतिमा वालबोध यादव , उप-सभापतिमा लक्ष्मण यादव , चलितर मण्डल ,सचिबमा रामदयाल मण्डल , राकेश पजियार ,सह-सचिवमा जितेन्द्र कुमार यादव, मैया पराजुली यादव , सदस्यहरुमा रिंकु यादव , समपैत देवी यादव, किरण यादव , लिलम देवी यादव , लगायत ३३ सदस्य समिती चयन भएको छ । वडा र क्षेत्रीय कमिटी सर्वसम्मत रुपले चयन भएका युवा नेता सरुन यादवले जानकारी दिनु भएको छ। समितीहरुले एक आपसमा सफल कार्यकालका लागि शुभकामना आदानप्रदान समेत गरेका थिए । धनुषाको १८ वटा स्थानीय तहको सम्पुर्ण वडाहरुमा वडा अधिबेशन सम्पन्न गर्न जिल्ला सभापति महेश शंकर गिरीले निर्णय गरेका छन्। नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताहरुले वडा अधिबेशन गराउन व्यस्त देखिएका छन् ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *