असोज ३०
नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधीले जनकपुरधाम आन्दोलनको केन्द्र र आन्दोलनको नेतृत्व नेपाली कांग्रेसले गरेको बताएका छन । नेपाली कांग्रेस जनकपुरधाम वडा नं.१ का पुर्व वडा सभापति रामकुमार साहको शोक सभालाई सम्बोधन गर्दै नेता निधीले रामकुमार साह साहसी , निडर र शालिन स्वभावका व्यतिmत्व रहेको र कांग्रेसले उनको योगदान बिर्सिन नसक्ने बताएका छन । प्रजातान्त्रिक आन्दोलनका योद्धा साहको योग्दान अतुल्नीय रहेको बताउंदै उनले शोकाकुल परिवारलाई धैर्यधारण गर्न आग्रह गरेका थिए ।

नेपाली कांग्रेस जनकपुरधाम वडा नं.१ का सभापति राम दयाल पूर्वेको अध्यक्षतामामा भएको सो कार्यक्रममा पूर्व सभासद दिनेस प्रसैला, जिल्ला उपसभापति संतोष यादव ,सचिव विशेश्वर यादव , क्षेत्रीय सभापति कन्हैया कर्ण, नगर सभापति मनोज साह लगायतका वक्ताहरूले मनतव्य राखेका थिए ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *