बैशाख ४ गते

जनकपुरधामको बजारमा राष्टिय मानव अधिकार आयोग, जनकपुरधाम उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले अनुगमन गरेपछि जनकपुरधाममा पाइने मिठाईमा अखाद्य वस्तुहरुको मिसावट भएको पाइएको छ । सो संयुक्त टोलीले एका बिहानै अनुगमनको शुरुवात जनकपुरधामको नाम चलेको मिठाई पसल हंसराज मिठाई पसलबाट गरेको थियो ।

अनुगमनको क्रममा पुरानै मिठाईलाई सुकाएर फेरी नयाँ बनाएर बेचेको पाइएको छ । टोलीले ती सबै खाद्य वस्तुलाई जफ्त गरी नष्ट गरेको छ । मिठाईमा अखाद्य वस्तुहरु दूध फटाउन फिटकरीको प्रयोग गरेको पाइयो । त्यस्ते हाइडो, सेफोलाइट सहितको अखाद्य वस्तुहरुको समेत प्रयोग भएको पाइएको थियो । यति मात्र नभई मिठाईमा प्रयोग हुने वस्तुको डेट एक्सपायर भएको समेत पाइयो ।

त्यहाँ भान्सामा काम गर्ने कर्मचारीहरु संग न सफा लुगा थियो, न उनीहरुको नङ्ग नै काटिएको थियो । फोहोर हातले नै मिठाई, समोसा लगायतका सामाग्री बनाउन उनीहरु व्यस्त थिए । उनीहरुका लागि भान्सामा प्रयोग गरिने कपडाहरु त्था सफाईमा ध्यान दिन मिठाई पसलका संचालकलाई मानव अधिकार आयोगका आयुक्त मोहना अन्सारीले निर्देशन दिए ।

ज्नकपुरधामको अर्को नाम चलेको मिठाई पसल रघुपति मिष्ठान भण्डारको हालत पनि त्यही देखियो । त्यहाँ त झिंगा, लामखुट्टे मरेको घ्यु प्रयोग भईरहेको पाइयो । रघुपति मिष्ठान भण्डारले पाउँरोटीको उत्पादन समेत गर्ने गर्छ । त्यहाँ उत्पादन भएको पाउँरोटीमा अगाडीको मिति पहिले नै टाँसिएको पाइयो । ती सबै सामानलाई अनुगमन टोलीले नष्ट गरेको छ ।

अखाद्य वस्तु मिसाएर उपभोक्ताको स्वास्थ्यसंग खेलवाड गर्ने जो कोहीलाई पनि कानूनी दायरामा ल्याइने प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताए ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *