मंसिर , २७
धनुषाको जनकपुरधाम उपमहानगरपालिका रामानन्द चोकमा सिद्धार्थ बैंकको नयां शाखा सुचारु भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले रिबन काटेर शाखाको शुभारम्भ गरेका हुन । सिद्धार्थ बैंकको जनकपुरमा यो तेश्रो शाखा हो । यस अघि जनकपुरको मिल्स एरिया र मुरली चोकमा शाखा संचालनमा आई सकेको छ । शाखाको उदघाटन गर्दै मन्त्री यादवले बैंकलाई नाफामुखीभन्दा सेवामुखी बन्नुपर्नेमा जोड दिएका छन । उनले ऋणमा सर्वहाराको पहुंच पुग्न नसकेको भन्दै सबैको पहुच पुर्याउनतर्फ ध्यान दिन बैंकलाई आग्रह गरेका छन । सिद्धार्थ बैंक जनकपुर रामानन्द चोक शाखाका प्रबन्धक अजय कुमार यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा सिद्धार्थ बैंक केन्द्रिय कार्यालयका डिजिएम शेर बहादुर बुढाथोकी , एजीएन सुरेशराज महर्जन , प्रदेश नं. २ प्रादेशिक कार्यालयका प्रमुख हरि प्रसाद तिमिल्सेना , जनकपुर क्षेत्रका उद्योगी, व्यवसायी, निर्माण व्यवसायी सहित सामाजका विभिन्न क्षेत्रका व्यतिmहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *