किशोर मंडल
मंसिर , २७
धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नंं १ वकिल टोल स्थित मोडर्न ई.से. बो. स्कुलमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शुक्रवार सम्पन्न शिविर विभिन्न समस्याबाट पिडित ४ सयभन्दा बढीले सेवा लिएका छन । शिविर स्थानीयवासी , अभिभावक , शिक्षक , शिक्षिका , कर्मचारी र विधार्थीहरुले निःशुल्क स्वास्थ्य परिक्षण गराएका थिए । शिविरमा जनकपुरका फिजिसिएन डा.ज्ञानेन्द्र यादव , स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा.किरण यादव , दांतमुख रोग विशेषज्ञ डा.कपिलदेव यादव ,हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.अशोक अधिकारी , छाला यौन तथा कुष्ठरोग एवम् सौन्दर्य विशेषज्ञ डा.रामज्ञान यादवले शिविरमा स्वास्थ्य परिक्षण गरेका थिए । नयां समाज नेपालको आयोजना र विद्यालयको सहयोगमा भएको उतm कार्यक्रममा विभिन्न समस्याबाट पिडितहरुले उपचार गराएका थिए ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *