साउन ६ गते । धनुषाको जनकनन्दनी गाउँपालिकाका बाढी पीडितलाई सेफ द माइन्ड र सामर्थ्य नेपालद्वारा राहत वितरण गरिएको छ । चितवनका यी दुवै समाजिक संस्थाले जनकनन्दनी गाउँपालिकाको वडा नम्बर १ इनरुवा टोलमा रहेका दलित मुसहर बस्तीमा करिब १०० बाढी पीडित परिवारलाई तीन लाख बराबरको राहत सामग्री वितरण गरेका हुन् ।

संस्थाले पीडितहरूलाई चामल, चिउरा, मुरही, सेनेटरी प्याड र करिब डेढ लाख बराबरको लत्ता कपडा वितरण गरेको हो । भ्रष्टाचार विरुद्धको अभियान्ता केदार आचार्य लगायतको पहलमा बाढी पीडितलाई राहत वितरण गरिएको हो । सामर्थ्य नेपाल अभियानका अभियान्ता प्रकाश थापाले मधेशमा पीडा हुँदा सबै मिलेर सहयोग गर्नुपर्छ भन्ने मान्यताले राहत वितरण गरेको बताए । यस्तै सेभ द माइन्डका अभियान्ता पुजा भुषालले विपदको घडिमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरिन। भ्रष्टाचार विरुद्धको अभियान्ता आचार्यले समाजसेवामा पनि भ्रष्टाचार मौलाएको भन्दै यसलाई रोक्न सबै सचेत हुनुपर्नेमा