धनौजी गाउँपालिका– ५ निवासी ३५ वर्षीय सराेज मण्डललाई छुरा प्रहार गरी फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनौजी गाउँपालिका– ५ निवासी २० वर्षीय मनिष मण्डल र सोही वडाका २२ वर्षीय राजिव मण्डल रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकरी गराएका छन् ।

शनिवार राति धनौजी गाउँपालिका– ५ स्थित बहुअर्वामा राती नाच हेर्ने क्रममा आपसी विवाद हुँदा मण्डलमाथि छुरा प्रहार गरिएको थियो । छुरा प्रहारबाट मण्डल पेटकाे भागमा गम्भीर चोट लागेको छ । उनको थप उपचार काठमाण्डौकाे ट्रमा सेन्टरमा उपचार भइरहेको घाइतेककाे आफन्त राजकुमार मण्डलले जानकरी गराएको छ ।

छुरा प्रहार पछि फरार उनीहरूलाई शनिबार राती पक्राउ गरी ज्यान मार्ने उद्योगमा कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *