छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदैहो । खरनाको दिन बिहानैदेखि निराहार ब्रत बस्ने र साँझ सख्खर भएको खिर पकाएर केरा, लड्डु, मुलासहितको प्रसाद चढाएर ब्रतालुले समेत सोही प्रसाद खाने चलन रहेको हो । आज दिनभर ब्रत बस्नेले सूर्य अस्ताएपछि चन्द्रदर्शन गर्छन् । हिजो छठ पर्वको पहिलो दिन नहाय खाय मनाइएको थिए । छठको तेस्रो दिन अस्ताउँदो सूर्यको पूजा गरिन्छ भने चौथो दिन उदाउँदो सूर्यको पूजा गरेर पर्व समापन गरिन्छ । यस पर्वमा अघ्र्य दिने जलासय किनारमा आकर्षक घाट बनाउने र सरसफाइमा विशेष महत्व दिइन्छ । छठ मनाउन नदी तलाउका किनारहरूमा सजावट गरी झकिझकाउ बनाइएका छन् । सन्तान सुख प्राप्ति र निर्धनताको अन्त्यका साथै आरोग्यकता लागि छठ पर्व मनाउने गरिन्छ । सुरुमा मिथिलाञ्चलमा मात्र मनाइने यो पर्व हिजोआज सबै जातजाति र धर्माबलम्बीले पनि मनाउने गरेका छन् ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *