चीनका लागि नेपालका राजदूत महेन्द्रबहादुर पाण्डेले एक वर्षपछि आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउनुभएको हो । पाण्डेले राजदूतको कार्यभार सम्हालेको करिब एक वर्षपछि बुधबार राष्ट्रपति सी चिनफिङसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउनुभएको हो । बेइजिङस्थित ग्रेट हल अफ दि पिपुलमा आयोजित एक समारोहबीच राजदूत पाण्डेसहित अन्य देशका राजदूतहरुले पनि राष्ट्रपति सी समक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका थिए । चीनका लागि तत्कालीन राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउँदै सरकारले पाण्डेलाई जिम्मेवारी दिएको थियो । गत वैशाखमा जिम्मेवारी सम्हाल्नुभएका पाण्डेले कोरोनाका कारण ओहोदाको प्रमाणपत्र बुझाउन पाउनुभएको थिएन

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *