चिनिया राष्ट्रपति सी जिन फिङले घोषणा गरेको सहयोगको खोप लिन नेपाल वायु सेवा निगमको जहाज सोमबार बेइजिङ जानेभ एको हो । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले चीनले दिन लागेको खोप लिन विमान सोमबार बेइजिङ जान लागेको बताउनुभए । तौल बढी नभएको अवस्थामा ८ लाख डोज खोप ल्याउने तयारी भइरहेको उहाँको भनाइ हो । सोमबार राति ११ बजे बेइजिङको लागि उड्ने जहाज मंगलबार दिउँसो साढे २ बजे खोप लिएर फर्किने हो । गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सीले नेपाललाई १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको थिए ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *