धनगढीको कोभिड अस्थायी अस्पतालमा उपचाररत चारजना कोरोना सङ्क्रमितको मृत्यु भएको हो । अस्पतालमा उपचाररत कैलाली, कञ्चनपुर, बझाङ र बर्दियाका एक÷एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमूख जिल्ला अधिकारी हिरालाल चौधरीले जानकारी दिनुभयो । उहाँले धनगढी उपमहानगरपालिका ७ का ७७ वर्षीया सङ्क्रमित महिलाको मंगलबार बिहान मृत्यु भएको जानकारी दिनुभयो । वैशाख १२ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल भर्ना हुनुभएका उहाँको उपचारकै क्रममा मृत्यु भएको छ । कोभिड अस्थायी अस्पतालमै उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका १२ का ७१ वर्षका पुरुष, बझाङका २६ वर्षका पुरुष र बर्दियाको उतानपुर गाउँपालिका २ का ३० वर्षका पुरुषको पनि मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *