विनोद महरा, जेठ २२ गते, जनकपुर

यौनाङ्गमा घाउ भएकी बालिकालाई उपचारका लागि तराइ मानवअधिकार रक्षक संजाल (थर्ड एलाइन्स)ले आर्थिक सहयोग गरेको छ । गणेशमान चारनाथ नगरपालिका–९ की १२ वर्षीया बालिकाको यौनाङ्गमा घाउ बिग्रेर किरा लागीसकेपछि उपचारको लागि दश हजार आर्थिक सहयोग गरेको हो । आज थर्ड एलाइन्सको प्रादेशिक संयोजक मानवअधिकारकर्मी विनोद महराले सो रकम हस्तान्तरण गरेको छ । संयोजक महराको सहयोग प्रादेशिक अस्पताल जनकपुरमा उपचार गराएको छ । बालिकाका यौनाङ्गमा घाउ भएर गएको २०७७ वैशाख ३१ गते उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुगेका थिए तर उपचार नगरि अस्पतालले विरामी फर्काएका थिए । विपन्न दलित परिवारकी ती बालिकाको घाउ बिग्रेर कीरा लागिसकेपछि मानवअधिकारकर्मी विनोद महराको पहलमा मेयर रामबाबु यादवले जनकपुरसम्म जान एउटा एम्बुलेन्स, औषधोपचारका लागि दुई हजार नगद र राहत प्याकेज पनि उपलब्ध गराइयो । उपचार नगरि विरामी फर्काएको समाचार क्षिरेश्वरनाथ अनलाइनत्य र बाह्रखरि अनलाइन मिडियामा समाचार छापिएपछि जय माँ जानकी समाज सेवा–नेपाल प्रतिनिधि रामधनि राउतले पाच हजार नगद, राहतको प्याकेज २५ किलो चालल, २ किलो दाल, नुन, तेल, आलु, सुवाइविन, सावुन र मास्क लगायत सामग्री सहयोग गरेको छ । त्यस्तै रघुनाथपुर निवासी समाजसेवी विनोद पालले नगद रु एक हजार पाँच रुपिया आर्थिक सहयोग गरेका छन् । यसरी यौनाङगमा घाउँ भएकी बालिकालाई प्रादेशिक अस्पताल जनकपुरले उपचारै नगरी घर पठाइदियो । पहिले त मूल गेटमै रोकिएको एम्बुलेन्स इमर्जेन्सी भनेपछि अस्पतालमा प्रवेश त पायो तर इमर्जेन्सी सेवाका लागि उनले टिकट पाइनन जति अनुनय गरे पनि जाबो टिकटसम्म कटाउन नसक्ने भएपछि मानवअधिकारकर्मी विनोेद महराको पहलमा टिकट पाइयो तर उपचार पाएन । एमर्जेन्सी वाडमा रहेको चिकित्सकले उपचार तथा विरामी भर्ना नगरि भोली आउ भनि फिर्ता पठायो । जति हारगुहार गरेपनि मानवता र नैतिकिताको आधारमा पनि ती अमानवीय प्रवृतिका चिचित्सकले भर्ना गरेन । बालिका यौनाङ्गमा घाउ ०७६ माघदेखि घाउँ पलाएको छ । बालिका वुवा रितो रविदास आर्थिक रुपमा अति विपन्न रहेको छ । दिनमा काम पाएपछि रातीमा चुल्हो बल्छ । ३ जना छोरा छोरी गरि ५ जनाको परिवार छन् तर सरकारले घोषणा गरेको लक डाउनको कारण दैनिक रुपमा काम पाएको छैन । यस्तै समयमा छोरीको संवेदनशिल अंगमा घाउभएपछि उपचार गराउन अरुको सहयोग मागेका छन् । कोभिड–१९ को कारण सरकारी अस्पतालले पनि अन्य विरामीको उपचार गर्न सकेको छैन । कोरोना भाइरस भन्दा पनि अन्य खतरामा रहेका विरामीलाई पनि उपचार नपाउनु स्वास्थ्य अधिकार प्रति सरकारले खेलवार गरिरहेको छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *