गोरखाको मनकामना मन्दिरमा पर्सिदेखि भक्तजनलाई प्रवेशमा रोक लगाइने भएको हो । देशभर कोरोना सङ्क्रमण बढ्दै गएपछि पर्सिदेखि मन्दिरमा भक्तजनबाट हुने पूजाआजामा रोक लगाउने निर्णय गरिएको मनकामना क्षेत्र विकास समितिले जनाएका छन् । समितिको हिजो मंगलबार बसेको बैठकले भोलि बिहीबारदेखि नित्य पूजाबाहेक सबै पूजाआजा बन्द गर्ने निर्णय गरेको का अध्यक्ष रामकुमार जोशीले जानकारी दिनुभएका छन् । उहाँले माघ मसान्तसम्म मन्दिरमा सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाउने निर्णय भएको बताउनुभएका छन् । मनकामना मन्दिरमा अहिले पनि दैनिकरूपमा पाँच हजारभन्दा बढी भक्तजन पुग्ने गरेको समितिले जनाएका छन् ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *