जेट ३२
सरकारले ल्याएको गुठी विधेयक फिर्ता नलिए जनपुरधामका साधु सन्तहरु कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
जनकपुरमा आज जम्मा भएका १ सय ५० भन्दा बढी मठ मन्दिरका साधु सन्तहरुले सरकारले गुठी विधेयक फिर्ता नलिए जनकपुरका सम्पूर्ण साधु कडा संघर्षमा उत्रिने चेतावनी दिएका हुन् ।
शनिबार पत्रकारसँग कुरा गर्दै साधुसन्तहरुले भोलि बिहान ११ बजे जनकपुरमा जुलुश प्रर्दशन गर्ने बताएका छन । सरकारले संसदमा दर्ता गरेको गुठी विधेयक साधुसन्तलाई देशबाट भगाउने उद्देश्यले आएको बताउँदै सुन्दर सदनका महन्थ नवल शरण दासले भने, ‘बरु साधु सन्तलाई यो देशमा बस्ने अधिकार छैन भनेर लेखेर दिन सरकारलाई खुल्ला चुनौती दिए ।’विधेयक फिर्ता नलिए यस विरुद्ध हुने आन्दोलन सरकारले सम्हाल्न नसक्ने उनको भनाई छ । ‘सरकारले यो विधेयक फिर्ता नलिए ठूलो दैवी प्रकोप आउँछ ।
जसलाई सरकारले सम्हाल्न सक्दैन ।’अहिलेकै विधेयक पारित भए जनकपुरका अधिकांश मन्दिर र मूर्तिको संरक्षण हुन नसक्ने उनले बताए । संघर्षका लागि अब जनकपुरका मठ मन्दिरका साधुसन्तहरु विभिन्न चरणको छलफलमा जुटेको उनले बताए ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *