ईनर्वा घाटमा कमला बचाउ अभियान
कमला बचाउ अभियान साप्ताहिक कार्यक्रम अन्तर्गत शनिवार जनकनन्दनी गाउंपालिका वडा न.१ ईनर्वा घाटमा कार्यक्रम गरिएको छ । कार्यक्रममा जनकनन्दनी गाउपालिकाका अध्यक्ष अध्यक्ष अब्दुल बारिक शेखले कमला बचाउ अभियानमा आफनो सहयोग रहने बताएका छन । आउने आर्थिक वर्षमा गापाको निती तथा कार्यक्रममा कमला बचाउ अभियानको कार्यक्रम राखिने अध्यक्ष शेखले बताए । कमला बचाउ अभियान अन्तरगत जनक नन्नदनी गापामा पर्ने कमला बाधमा बाँस, वेत, सोहिजन र केलाको वोट लगाउने र त्यसको जिम्मा गापा र स्थानीय समुदायले लिने गरि व्यवस्थापन गरिने गापाको उपाध्यक्ष भारती कार्कीले बताइन । व्यक्ति लाई पनि फाइदा हुने तथा कमलाको पनि संरक्षण हुने उपाध्यक्ष कार्कीले घोषणा गरिन । गापाले यश अभियान पुर्ण रूपमा सहयोग गर्ने बताएकि छिन । कमलामा बगर खेती गर्नुको साथै बृक्षारोपन गरि कमलाको बचाउ सकिने कृषि ज्ञान केन्द्रका प्रमुख शंकर प्रसाद साहले बताए । यसरी नै कमला बचाउ अभियानको उदेश्य तथा अगामी योजनाको बारेमा कमला बचाउ अभियान को संयोजक विक्रम यादवले जानकारी दिएका थिए । राजनीतिक भन्दा माथि उठेर कमला बचाउ अभियान लाई सवै सहयोग गर्नु पर्ने कमला अभियानी तथा युवा नेता राजकिशोर यादवले बताए ।मलाह जात अर्थात सहनी समुदायको मुख्य देउताको रूपमा कमला माता पुजा गर्ने गरेको खजुरी मा.वि. का प्र.अ. हरिलाल सहनीले बताएका छन् । कमलाको संरक्षणले सवैलाई फाइदा हुने उनले बताए । कमला बचाउ अभियानलाई दिगोपन दिन तथा सवैलाइ विश्वासमा लिइ अगाडि बढनु पर्ने युवा पुष्पेन्दर यादवले बताए ।

वडा अध्यक्ष धर्मेन्द्र गोइतको अध्यक्षतामा भएको सो कार्यक्रममा कमला बचाउ अभियानी राजकिशोर सहलैता, विरेन्दर यादव, सुरेन्द्र यादव , श्याम सिंह, रूपेश विराजी, पत्रकार नरेश बरबरिया यादव, किशोर मण्डल लगायत स्थानीय नागरिक समाज, महिला दिदी बहिन र बुद्विजीवीको उपस्थित रहेको थियो । मानवअधिकार कर्मी एवं कमला कचाउ अभियानको सचिव अभियानी विनोद महराले कार्यक्रम को संचालन गरेका थिए ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *