बाजुराको जगन्नाथ गाउँपालिकामा विशेषज्ञसहितको स्वास्थ्य सेवा सञ्चालनमा आएको छ । जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डीमा सुविधा सम्पन्न पाँच शय्याको अस्पताल सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ । संघिय सरकारको ६ लाख लागतमा निर्माण सम्पन्न कोरोना प्रभावित होस्पिटलमा आवश्यक जनशक्ति व्यवस्थापनसहित अस्पताल सञ्चालनमा आएको गाउँपालिकाका प्रवक्ता डवल विकले जानकारी दिनुभयो । जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले बुधवार एक कार्यक्रमकाबीच अस्पतालको उद्घाटन गरेसँगै सेवा सुचारु भएको प्रवक्ता विकले बताउनुभयो । गाउँपालिकामा पाँच शय्याको अस्पताल निर्माण भएसँगै खानेपानी, शांैचालय, बत्ति, वाथरुम लगायतको पुर्ण व्यवस्थापनसहित अस्पतालमा विभिन्न किसिमका सेवा उपलब्ध हुने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विनोद प्रसाद गैह्रेले बताउनुभयो । जगन्नाथ गाउँपालिकाका स्थानियको समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले पहिलो पटक आवश्यक स्वास्थ्यकर्मी सहितको कोरोना प्रभावित अस्पताल सञ्चालनमा ल्याएको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *