सोमबारदेखि सुरु भएको गण्डकी प्रदेश सभाको विशेष अधिवेशनको दोस्रोे बैठक मंगलबार बस्दैछ । मध्यान्ह १२ः१५ बजे बस्ने बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सोमबारको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने कार्यसूची तय भएको हो । सोमबार मुख्यमन्त्रीविरुद्ध अविश्वसकोे प्रस्ताव टेबल भएको थिए । सांसदहरूले आआफ्ना धारणा राखेका थिए । मुख्यमन्त्रीको जवाफपछि अविश्वासको प्रस्तावमाथि मतदान हुनेछ । मंगलबार पक्ष÷विपक्षमा मतदान हुननसके बुधबार मतदान हुने बताइएको हो । गुरुङलाई मुख्यमन्त्रीबाट हटाउन प्रतिपक्ष तीन दलले वैशाख २ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । गण्डकी प्रदेशमा एमालेका २७, माओवादीका १२ (एक सभामुखसहित) नेपाली काँग्रेसका १५, स्वतन्त्र १ र राष्ट्रिय जनमोर्चाका तीन सांसद छन् । स्वतन्त्र राजीव गुरुङबाहेक प्रतिपक्षका सबै सदस्यहरूले गुरुङ सरकारविरुद्ध उभिने स्पष्ट पारेका छन् ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *