राजेश कुमार यादव जनकपुरधाम आसोज १ गते

गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ४ विरेन्द्रबजारस्थित चारनाथ युवा क्लबले गरेको फुटवल प्रतियोगिता मंगलबार साँझ दर्शकहरुको उत्साहका साथ सम्पन्न भएको हो ।
फुटवल प्रतियोगिताको फाइनलमा वीरगञ्जले चारनाथ युवा क्लबलाई पराजित गर्दै, बिरगंजले प्रथम पुरुस्कारको उपाधि जितेको छ । निर्धारित समयमा दुबै टिमले बराबरी तीन गोल गरेपछि ट्राई बे्रकरबाट खेलको छिनोफानो गरिएको थियो । विजेता बिरगंजकोव टिमका खेलाडीहरूलाई ट्रफिसँगै ७५ हजार नगद र प्रमाणपत्र प्रदान गरिएको छ । र दोस्रो पुरुस्कार ५०हजार नगद र प्रमाणपत्र ट्रकसँग चारनाथ युवा क्लबको प्रादान गरेको थियो ।
आयोजना तथा गणेशमान चारनाथ नगरपालिका तथा अन्य संघसंस्थाको सहयोगमा भदौं २४ गतेबाट खेल सुरु भएको थियो । प्रतियोगितामा विभिन्न स्थानका ८ टिमले सहभागिता जनाएका थिए । त्यस्तै, उक्त फुटवल प्रतियोगिता उद्घाटन कार्यक्रमको प्रमुख अतिथि गणेशमान चारनाथ नगरपालिकाका मेयर राम बाबु यादब गनुभएको थियो भने चारनाथ यूवा क्लव गणेशमान चारनाथ नगरपालिका वडा नं. ४ बिरेन्द्रबजार, धनुषाका अध्यक्ष अशोक प्रसाद जयसवालले अध्यक्षता गनुृभएको थियो । प्रतियोगितामा लगायका वडा अध्यक्ष र विभिन्न राजनीतिक दलका प्रतिनिधी, बुद्धिजिवी, समाजसेवी, नगरवासी, लगायतका सहभागिता रहेको थियो ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *