नेपाली कांग्रेस गणेशमानचारनाथ नगर समितिले गणेशमानचारनाथ नगरपालिका विरुद्ध विरोध प्रर्दशन गरेको छ । धनुषाको बिरेन्द्र बजारस्थित गणेशमानचारनाथ नगरपालिकाको नगर कार्यपालिकाको कार्यालय अगाडि सयौंको संख्यामा रहेको कांग्रेसका नेता कार्यकर्ताहरुले विरोध प्रर्दशन गरेका हुन । नगरपालिकाले क्वारेन्टाईन व्यवस्थापन लगायत विभिन्न शिर्षकमा गरेको खर्चको विवरण सार्वजनिक गर्नुपर्ने , आ.व.२०७६।७७ को आयव्यय पारदर्शी , एक घर एक पिसिआर , लकडाउन अवधिभरको शिक्षा शुल्क माफ गराउनुपर्ने मांग गर्दै नगर समितिले नगरपालिका घेराउ गरेको हो । गणेशमानचारनाथ नगरपालिका बिरेन्द्र बजारको रामजानकी मन्दिरबाट निस्केको जुलुश नगरको विभिन्न भागको परिक्रमा गर्दै नगरपालिका परिसरमा कोण सभामा परिणत भएको थियो । कोरोनाको महामारीबिच पनि सयौंको संख्यामा निस्केको जुलुशमा प्रर्दशनकारीहरुले ठेकेदार नगरप्रमुख मुर्दाबाद , धोकेबाजदेखि होसियार , ठेक्कापटा बन्द गर , व्यापारी भ्रष्टाचारी मेयर मुर्दाबाद , नेपाली कांग्रेस जिन्दाबादको नारा लगाउंदै सहभागिता जनाएका थिए ।

नेपाली कांग्रेस गणेशमानचारनाथ नगर समितिका सभापति एवम नगरपालिकाका वडा नं. १ का वडाध्यक्ष समेत रहेका रामसुख यादवको अगुवाईमा निस्किएको जुलुशलाई सम्बोधन गर्दै वतmाहरुले आ.व.२०७६।७७ को हिसाब सार्वजनिक गर्नुपर्ने , अवैध नदी उत्खन्न रोक्नुपर्ने , व्यवस्थित क्वारेन्टाईन स्थापना गर्नुपर्ने , बिगतमा गरिएको क्वारेन्टाईन खर्चको हिसाब दिनुपर्ने मांग गरेका थिए । नेपाली कांग्रेसको तर्फबाट नगरपालिकाका उपप्रमुख पदकी पत्यासी तुलसा पाण्डे पटेलले नगर परिषद पूर्व खर्च पारदर्शी हुनुपर्ने मांग रहेको बताईन । उनले क्वारेन्टाईन व्यवस्थापनमा भएको व्यापक अनियमितताको छानबिन हुनुपर्ने मांग समेत गरिन । कोणसभालाई नेपाली कांग्रेसको तर्फबाट नगर प्रमुखका प्रत्यासी संजय महतो , क्षेत्रिय सभापति जितनारायण यादव , पूर्व महाधिवेशन प्रतिनीधि श्यामसुन्दर यादव , नेका सर्वदलीय प्रतिनीधि गणेश जैसवाल लगायतका व्यतिmहरुले सम्बोधन गरेका थिए ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *