जेठ १५
गणतन्त्र दिवसको अवसरमा धनुषाको शहिदनगरमा वृक्षारोपण गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल वेश क्याम्प यदुकूहामा क्याम्पका प्रहरी नीरिक्षक किश्मान तामाँगको अध्यक्षता एवम् शहिदनगरका नगर प्रमुख (मेयर) उदय कुमार बरबरिया (यादव) को प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा विभिन्न प्रजातीका विरुवाहरु रोपिएको हो । सशस्त्र प्रहरी बल बेश क्याम्प यदुकूहाको कार्यालय परिसरभित्र नगरकी उपमेयर शिला देवी कापर सहित नगरका सबै वडाका वडाध्यहरुको रोहबरमा वृक्षारोपण गरिएको हो । नगरपालिकाका कर्मचारीहरुको सक्रिय सहभागीता तथा सशस्त्र प्रहरी बल यदुकूहाका जबानहरुको विशेष सक्रियतामा कार्यालय परिसरभित्र वृक्षारोपण गरिएको हो । सो कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्द कुमार झा , नगरपालिकाका कम्प्युटर अपरेटर विष्णुदेव यादव सहित कर्मचारी, शसस्त्र प्रहरी बल यदुकूहाका सम्पूर्ण प्रहरी, शसस्त्र प्रहरी बल रघुनाथपुरका प्रहरी नीरिक्षक पुरुषत्तम रेग्मी, सोनिगामा बेश क्याम्पका नरेन्द्र सिँह धामी लगायत जनप्रतिनीधिहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो ।
