नेपाली कांग्रेसका प्रभावशाली युवा नेता प्रवेश चौधरीले धनुषाको संघीय निर्वाचन क्षेत्र नं. ३ बाट केन्द्रिय महाधिवेशन प्रतिनीधिमा उम्मेदवारी घोषणा गरेका छन । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धनुषाको नगराईन नगरपालिका वडा नं. २ बाट क्षेत्रीय प्रतिनीधिमा निर्वाचित नेता चौधरीले संघीय महाधिवेशन प्रतिनीधिमा उम्मेदवारी घोषणा गरेका हुन । लामो समय बिद्यार्थी राजनीति गर्दै आएका चौधरी धनुषामा निकै नै लोकप्रिय नेताको रुपमा चिनिन्छ । ने.वि.संघका धनुषा सभापति हुँदै नेपाल कांग्रेसको राजनीति गर्दै आएका चौधरी नेपाल कांग्रेस धनुषाका जिल्ला कार्य समितिका सदस्य समेत हुन । नेपाली कांग्रेसलाई अझ सशक्त, ऐक्यबद्ध, सुदृढ, विचारशील, कर्मशील, उद्यमशील र सक्रिय वनाउन आफुले उम्मेदवारी घोषणा गरेको पत्रकारहरुसंगको कुराकानीमा उनले बताए । नयां पुस्तालाई नेपाली कांग्रेसको आदर्श, सिद्धान्त, आचरण र कर्मवारे अभियनकै थाल्नी गरी शैक्षिक सामाजिक अभियानहरु तथा पर्यावरणीय सुरक्षाकालागि नेपाली कांग्रेसको सार्थक अभियान मार्फत नयां पुस्तालाई जोडी सक्रिय बनाउंदै अघि बढने उनले बताए ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *