कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि आहृवान गरिएको लकडाउनका कारण समस्यामा परेकाे क्षिरेश्वरनाथ नगरपालिका – ९ को गंगा साफीको परिवारलाई राहत वितरण गरिएको छ । मधेश यूवा संघ नामक सामाजिक संस्थाले समस्यामा परेका सफी परिवारलाई राहत वितरण गरेको हो ।

साफी परिवारलाई १०० किलो चामल, ५ किलो दाल, १० किलो आलु,२ किलो नुन, २ लिटर तेल, साबुन १ दर्जन, १ कटुन विस्कुट र १३५५० नगद प्रदान गरिएको थियो ।

राहत वितरण कार्यक्रमा मधेश युवा संघका अध्यक्ष गणेश साह , सम्भु चोधरी, मां लक्ष्मी युवा कमिटीका अध्यक्ष राम भरोष यादव, सुनिल यादव लगायतका स्थानीयहरुकाे उपस्थिती रहेको थियो।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *