वढ्दो कोरोना सङ्क्रमणको महामारी नियन्त्रण गर्न नुवाकोटमा सम्वन्धित निकायले सक्रियता देखाएको हो । जिल्ला प्रशासन कार्यालय नुवाकोटले दोस्रो चरणको कोरोना जोखिम नियन्त्रणका लागि कडा नियम लागु गरेको हो । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को विदुरमा सम्पन्न बैठकले मास्क नलगाउनेसँग अनिवार्य जरिवाना असुल गर्ने निर्णय गर्नुका साथै सार्वजनिक यातायातमा क्षमताभन्दा बढी यात्रु बोक्न नपाउन नियम लागु गरेको हो । यात्रुले मास्क अनिवार्य लगाउनुपर्ने नियम कडाइका साथ लागु भएको हो । १२ स्थानीय तह रहेको नुवाकोटमा यात्रुहरुले मास्क नलगाएको पाइएमा १० रुपैयाँ जरिवाना गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिनुभयो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *