नेपाली कांग्रेस धनुषा सभापति महेशशंकर गिरी , क्षेत्र नं. ३ का क्षेत्रिय सभापति कन्हैया कर्ण सहितका नेकाका नेताहरुको टोलीले क्वारेन्टाईन तथा सिमा नाकामा रहेका व्यतिmहरुको स्थिति बारे अध्यन अवलोकन गरेका छन । त्यस्तै नेपाली कांग्रेस धनुषाले कोभिड कोरोना भाइरस (कोभिड १९) का कारण सिमा नाकामा अलपत्र परेकाहरुको लागि निःशुल्क भोजन र बासको प्रबन्ध मिलाएको छ ।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनधि सुरेन्द्र चौधरी (मुन्ना) को अगुवाईमा निःशुल्क भोजन र बासको प्रबन्ध मिलाएको हो । धनुषाको मुखियापटी मुसहरनिया गाउंपालिकाको तुल्सीयाही जब्दी वडा नं. २ मा अलपत्र परेकाहरुको लागि निःशुल्क भोजन र बासको प्रबन्ध मिलाएको जनाईएको छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *