ओम प्रकाश नेपाली

जनकपुरधाम,माघ २८ गते । कम्प्युटर एसोशिएशन नेपाल महासंघ(क्यान ) धनुषाको बुधबार सातौं वार्षिक साधारणसभा जनकपुर धाम उपमहानगरपालिकाका सभाकक्षमा सम्पन्न गरेका छन ।
क्यानका जिल्ला अध्यक्ष संजय साहको अध्यक्षतामा भएको
वार्षिक साधारणसभाका प्रमुख अतिथि जनकपुर उधोग बाणिज्य संघका अध्यक्ष ललित कुमार साले २१ औं सतावदी कम्प्युटर टेक्नोलोजीका युग रहेकाले स्व्च्छ व्यवसायीक व्यक्तित्व एकतावद्ध भइ अगाडि बढन आग्रह गरेका छन ।प्रमुख अतिथि साहले आजको समयमा कम्प्युटर शिक्षा सबैलाई आवश्य रहेकोको बताउँदै प्रविधिको विकासका लागि सरकारले रकम विनियोजन गर्नुपर्ने हो भनि थप्नुभयो ।
नेकपाको बहुमतको सरकार भएपनि सत्ताको खिचातानीले ३ वर्षमै मध्याविधि चुनाव हुन लागेको बरो दुखः कुरा हो भन्नुभयो । उहाँले कुसमयमा हुन लागेको निर्वाचन खर्च हामी सर्वसाधारण पर्दछन्, त्यसैले चुनावको विरोध हुनुपर्छ उनले बताए।
क्यानका धनुषा संस्थापक अध्यक्ष प्रविण साहले सातौं साधाराण सभाको उद्घाटन मन्तव्य राख्दै उहाँले आफ्नो इन्स्ट्यिुटमा ७ जना जेहन्दार गरिब विद्यार्थीलाई निःशुल्क डिपलोमा कोर्ष गराईने बताउनु भयो । उद्घाटन सत्रमा उहाँले सो कोर्ष गराउनको लागि क्यान धनुषाले सिफारिस गरेका उम्मेदावरलाई दिईने बताउनुभयो । अमेरिकन कम्प्युटर एण्ड ल्यांगेज इन्ट्यिुचिटका संस्थापक समेत रहनुभएको साहले डिपलोमा कोर्षको फि १० हजार रहेको जानकारी दिनुभयो ।

 केन्द्रिय सचिव दिपेन्द्र सिंहले क्यानको तीन तहमा संरचना रहेको जानकारी गराउँदै हालसम्म ५४ जिल्लामा कमिटी निर्माण भईसकेको  हो भन्नुभयो । उहाँले अगामी एक  बर्ष भित्रमा ७७ वटै जिल्लामा संगठन निर्माण गर्ने योजना रहेको जानकारी दिनुभयो ।उहाँले क्यान समक्ष दक्ष प्राविधि रहेको बताउँदै धनुषा जिल्लाले तालिम संचालन गर्न चाहेमा हामी सहयोग गर्छौं भन्नुभयो।क्यान धनुषाका  साधारण सभामा  प्रदेश नं.२ उपाध्यक्ष अकुल प्रसाद साह,प्रदेश २ सचिव धनन्जय महतो,गौतम जयसवाल,सिबुसी नेटका मैनेजर  शंभुनाथ झा ले शुभकामना मन्तव्य  राखेका थिए ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *