बाँकेको नेपालगञ्जमा नोबेल कोरोना भाइरस सङ्क्रमितको उपचार व्यवस्थित बनाउन २ सय शैय्या थप गर्ने निर्णय भएको हो । शुक्रबार भएको निर्णय कार्यान्वयनका लागि आजदेखि तदारुक्ताका साथ काम सुरु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउनुभयो । उहाँका अनुसार नेपालगञ्ज मेडिकल कलेज र भेरी अस्पतालमा शैय्या थप गर्ने, उपचारमा खटिने जनशक्ति प्रदेश र सङ्घ सरकारसँग माग गर्ने अनि आवश्यक पर्ने रकम जोहो गर्ने निर्णय भएको हो । हाललाई खुला कारागारको भवनमा आइसोलेसन सञ्चालन गर्ने निर्णय पनि भएको हो । जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार भेरी अस्पतालमा यसअघि कोरोना सङ्क्रमितको उपचारका लागि १ सय ४२ शैय्या रहेकोमा २ सय पु¥उने र मेडिकल कलेजमा १ सय शैय्या रहेकोमा बढाएर २ सय बनाउन पहल थालिएको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *