नेपालमा नोबेल कोरोना भाइरस (कोभिढ–१९) सङ्क्रमण दर रोक्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विशेष अपिल सार्वजनिक गरेको हो । कोरोना सङ्क्रमण दर उच्च हुँदै गएको निष्कर्षसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सावधानी अपनाउन विशेष अनुरोध गरेको हो । मन्त्रालयका सहायक प्रवक्ता समिरकुमार अधिकारीले एक विशेष अपिल जारी गर्दै कोरोना अति प्रभावित जिल्लाको सूची पनि बिहिबार सार्वजनिक गर्नुभएको हो । काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लाको सूचीमा राखिएको छ । यस क्षेत्रका विद्यालयमा बालबालिकालाई तत्काल नपठाउनसमेत आग्रह गरिएको सहायक प्रवक्ता अधिकारीले बताउनुभयो । निजी प्रयोगशाला तथा अस्पतालहरूले कोभिड १९ को परीक्षण तथा उपचारका लागि तोकिएको शुल्क (२ हजार) रुपैयाँ नबढाइ तथा सङ्क्रमितहरूको औषधिबाहेक उपचारका लागि सङ्क्रमणको जटिलताका आधारमा दैनिक सामान्यलाई ३ हजार ५ सय, मध्यमलाई ७ हजार र जटिललाई १५ हजारमा ५० प्रतिशतभन्दा नबढ्ने गरी उपचार व्यवस्था मिलाउन मन्त्रालयले अनुराधे गरेको हो । सूचनामा नेपालमा विभिन्न होटलहरुमा आइ बसोबास गर्ने विदेशी नागरिकहरुको दर्ता प्रक्रिया चुस्त बनाइ काम गर्न तथा पीसीआर नतिजा नेगेटिभ आएमा मात्र होटलमा राख्न भनिएको हो । यसैबीच नेपालमा बितेको २४ घण्टामा ५ सय ३४ जनामा नोबेल कोरोना भाइरसको सङ्क्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ८२ हजार ५४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको हो । १ सय ५७ जना भने कोरोनामुक्त भएका छन् । योसँगै हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या २ लाख ७४ हजार ६ सय ४ पुगेको छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *