विश्वमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका ४० प्रतिशत मानिसमा दीर्घकालिन असर देखिएको एक अध्ययनले देखाएका छन् । अमेरिकाको मिसिगन विश्वविद्यामलयका अनुसन्धानकर्ताहरुले १७ देशका विभिन्न ४० अध्ययनलाई विश्लेषण गरेर यो निश्कर्ष निकालेका अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । कोरोना भएर अस्पताल भर्ना भएका व्यक्तिमा दीर्घकालिन कोभिडको सम्भावना ५७ प्रतिशत देखिएको पनि अध्ययनले देखाएको हो । सङ्क्रमितमध्ये ४९ प्रतिशत महिला र ३७ प्रतिशत पुरुषमा यस्तो समस्या देखिएका छन् । अध्ययनअनुसार एशियामा ४९ प्रतिशत, युरोपमा ४४ प्रतिशत र उत्तर अमेरिकामा ३९ प्रतिशतमा कोरोनापछि दीर्घकालीन समस्या देखिएका छन् ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *