चीनसँग नेपालले सरकारीस्तरमा खरिद गरेको ४० लाख मध्ये १० लाखभन्दा धेरै मात्रा कोरोनाविरुद्धको खोप आईतबार काठमाडौँ आइपुग्दैछ । खोप लिनका लागि गएराति बेइजिङ गएको नेपाल वायुसेवा निगमको जहाज दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको छन् । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलका अनुसार ४० लाख मध्ये आईतबार अन्तिम खेप ल्याउन लागिएको हो । निगमले जम्मा खोप ल्याउन काठमाडौँबाट बेजिङका लागि योसहित चारवटा उडान गरेको छन् । सरकारले प्राप्त खोपलाई अग्रभागमा खटिने कर्मचारी, ५० वर्षमाथिका नागरिक र आवश्यकताका आधारमा वितरण गर्ने जनाएको छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *