कोरोनाको डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिरहेप्रति विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चिन्ता व्यक्त गरेको हो । अहिलेसम्म डेल्टा भेरियन्ट ८५ देशमा फैलिसकेको डब्लूएचओले जनाएको हो ।

पछिल्लो दुई हप्तामा मात्रै डेल्टा भेरियन्ट ११ देशमा फैलिएको उल्लेख गर्दै संगठनले अहिलेसम्म कोरोनाको अल्फा भेरियन्ट एक सय ७० देशमा, बिटा भेरियन्ट एक सय १९ देशमा र गामा भेरियन्ट ७१ देशमा फैलिएको जानकारी दिएको हो । डब्लूएचओले कोरोना भाइरसको संक्रमण फैलाउने अल्फा, बिटा, गामा र डेल्टा भेरियन्टको निगरानी गर्न थालेको उल्लेख गर्दै अल्फा भेरियन्टभन्दा डेल्टा तीव्र गतिमा फैलेने गरेको पाइएको जनाएको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *