गरिब तथा विपन्न मुलुकहरूले पाउने ‘कोभ्याक्स’ सुविधाअन्तर्गत पहिलो चरणमा नेपालले फागुन पहिलो साता २२ लाख ५६ हजार डोज खोप पाउनु भएको छ । यसअघि भारतले अनुदानमा दिएको अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोप नै यो सुविधाअन्तर्गत आउनेछ । स्वास्थ्य मन्त्रालयका अनुसार ‘कोभ्याक्स’ले खोप उपलब्ध गराउने विषयमा पत्राचार गरिसकेको छ । ग्लोबल भ्याक्सिन अलाइन्स (गाभी) र विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) मिलेर ‘कोभ्याक्स’ सुविधा गठन भएको हो । महामारी नियन्त्रण गर्न खोपको विकल्प नभएको, तर सुरुमा धनी देशहरूले मात्रै पाउने अवस्था देखिएपछि दुई संगठनले विपन्न देशहरूलाई सहज रूपले २० प्रतिशत नागरिकलाई पुग्ने खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो  । पहिलो चरणमा आउने खोप तीन प्रतिशत अर्थात् नौ लाख ११ हजार भन्दा बढी नागरिकलाई पुग्नेछ । कोभ्याक्सले झन्डै १७ प्रतिशत नागरिकलाई पुग्ने खोप यसपछि चरण–चरणमा दिने स्वास्थ्य मन्त्रालयले जनाएको छ  । सरकारले पहिलो चरणमा तीन प्रतिशत नागरिकलाई खोप लगाउने योजना बनाएको थियो । तर, भारतबाट अनुदानमा १० लाख डोज खोप मात्रै आएपछि चार लाख ३० हजार नागरिकलाई दिने गरी अभियान चलिरहेको छ । महामारीविरुद्ध अग्रपङ्क्तीमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका, सरसफाइकर्मी, एम्बुलेन्स तथा शवबाहनचालक, सीमा र विमानस्थलका कर्मचारी तथा त्यहाँ खटिएका सुरक्षाकर्मीलाई प्राथमिकतामा राखेर खोप दिइँदै छ । १४ माघबाट थालिएको अभियानमा अहिलेसम्म एक लाख ५८ हजार चार सय ८७ जनाले खोप लगाएका छन् ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *