नेपालले कोभ्याक्समार्फत पहिलो चरणमा २२ लाख ५६ हजार डोज कोरोना खोप पाउने भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले बुधवार सार्वजनिक गरेको अन्तरिम वितरण पूर्वानुमानमा नेपालले पहिलो चरणमा २२ लाख ५६ हजार जोड खोप पाउने उल्लेख गरेका छन् । गाभी भ्याक्सिन एलायन्स अन्तर्गत कोभ्याक्समार्फत् पाउने खोप नेपालको कुल जनसंख्याको करिब ३ दशमलव ३ प्रतिशत हो । यो खोप सन् २०२१ को पहिलो ६ महिनामा प्राप्त हुनसक्ने बताइएको छ । सबै देशमा समानरूपमा कोरोना खोप उपलब्ध गराउने लक्ष्यसहित विश्व स्वास्थ्य सङ्गठन र खोपबारे पैरवी गर्ने अन्य समूहले सन् २०२० को अप्रिलमा कोभ्याक्स अभियान घोषणा गरेका थिए । कोभ्याक्स अभियान अन्तर्गत सन् २०२१ को अन्तिमसम्ममा विश्वभर २ अर्ब डोज खोप आपूर्तिको लक्ष्य संगठनले लिएको छ । यसैबीच नेपालमा जारी कोरोना विरुद्धको खोप अभियान अन्तर्गत १ लाख ४५ हजारभन्दा बढीले खोप लगाएका छन् ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *