नेपाली कांग्रेस जनकपुरधाम नगर समितिले कोरोना भाईरस कोभिड–१९ संक्रमितहरुको लागि छुटटै अस्पताल बनाउनुपर्ने मांग गरेको छ । समितिको शनिवार दिउंसो बसेको बैठकले प्रादेशिक अस्पताललाई कोरोना उपचार अस्पताल बनाईएपछि प्रसुति सेवा , ओपिडी लगायतका अन्य उपचारका लागि अस्पताल पुग्नेहरुलाई समस्या भएकोले छुटटै कोरोना अस्पतालको व्यवस्थापन गर्नुपर्ने मांग गरेको छ । समितिका सभापति मनोज साहको अध्यक्षतामा बसेको बैठकले कोभिड–१९ का कारण आह्वान गरिएको लकडाउनबाट प्रभावित बनेका विपन्न परिवारलाई पहिलो चरणमा वितरण गरिएको राहतमा अनियमितता भएको बारे गुनासो बढेकोले दोश्रो चरणमा वितरण गरिने राहत पारदर्शी बनाउन आग्रह गरिएको छ । राहत वितरणको नाममा कार्यकर्ता पाल्ने काम नहोस र छुटेका विपन्न र असहाय परिवारलाई उपलब्ध गराउनुपर्ने उनले मांग गरेका छन । त्यसै गरि बैठकले जनकपुरधाम उपमहानगरपालिका वडा नं. १७ स्थित जलाद नदीको तटबन्ध अविलम्ब निर्माण नगरिए आसपासका कनकपटी , कटरैत , भोईल , भगवानपटी , भोईल , बभनगामा लगायतका क्षेत्र डुवानमा पर्ने भएकोले सम्बन्धित सरोकारबलालाई ध्यानाकृष्ट गराएको नेपाली कांग्रेस जनकपुरधाम नगर समिति सचिव रबिन्द्र सिंहले बताएका छन ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *